झापा, ८ असार । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई झापाको गौरादहबाट प्रहरीले पक्राउ लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार सुनसरीकाे इटहरी उपमहानगरपालिका–१९ का साजन चौधरीलाई पक्राउ गरेको हो ।
गौरादह नगरपालिका–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई हिजाे बिहीवार विवाह मण्डपबाट नै पक्राउ गरेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
तपाईको बिचार