चितवन, ६ असार । नवलपरासीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधवार बिहान चट्याङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्सिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बिहान ६ः३० बजे उनलाई चट्याङ लागेको थियो । चट्याङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो । सो नगरपालिकाको गोग्दीस्थित खेतमा काम गर्न गएका श्रीमान् श्रीमती मध्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाइते भए पछि घर ल्याउनासाथ श्रीमान् छविलालको मृत्यु भएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।
तपाईको बिचार