कान्तिपुर हिसान 'शैक्षिक मेला' शुरु (फोटो फिचर)

कान्तिपुर हिसान ‘शैक्षिक मेला’ शुरु (फोटो फिचर)

315

काठमाडौँ, ३२ जेठ । कान्तिपुर हिसान एडुफेयर/शैक्षिक मेला शुरु भएको छ ।

आजदेखी असार ३ गतेसम्म चारदिन चल्ने शैक्षिक मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मुल नाराका साथ शुरु भएको मेलामा शिक्षासम्बन्धि सवै जानकारी एकै छातामुनी दिनेगरि मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) तथा कान्तिपुर मिडियो पब्लिकेशनको संयुक्त आयोजना कान्तिपुर हिसान एडुफेयर ‘वृहत शैक्षिक मेला’मा नेपालमा नै विदेश भन्दा उत्कृष्ट शिक्षा पाईन्छ भन्ने विश्वास दिलाउन र जनचेतनाको विकास गर्ने लक्ष्य लिइएको छ । नेपालमा नै विदेशको भन्दा उत्कृष्ट, गुणस्तरीय प्राविधिक तथा सैद्धान्तिक शिक्षा पाईने तर उक्त कुराको जानकारी अभिभाकसम्म नपुगेकाले त्यसलाई देशै भर जानकारी पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । दुई लाखभन्दा बढीको सहभागिता हुने आयोजकको दावी रहेको छ ।

‘नेपालमा नै गुणस्तरिय तथा उत्कृष्ट शिक्षा पाईन्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको हो’, कार्यक्रम संयोजक टंकराज आचार्यले भन्नुभयो, ‘नेपालमै उत्कृष्ट शिक्षा पाइन्छ भन्ने सन्देश तथा परामर्स एउटै छातामुनी बसेर अभिभावकलाई दिने लक्ष्यका साथ आजदेखी असार ३ गतेसम्म वृहत शैक्षिक मेला आयोजना गरिएको हो ।’

७ वर्षदेखी निरन्तर रुपमा मेला आयोजना गरिरहेको उक्त मेलामा सत्य, तथ्य र वास्तविकता जानकारी दिने छ । कक्षा १२ (प्लस्टु) मेलाको रुपमा प्रस्तुत गरिएको जानकारी गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको बारेमा एकै छातामुनी सवै जानकारी पाउने आयोजकले जानकारी दिएको छ । मेलामा त्रिवि, पोखरा, पूर्वाञ्चल, पश्चिामाञ्चल विश्वविद्यालय लगायतको साथमा ७५ भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहेको छ ।

मेलामा विद्यार्थीको उज्वल भविष्यको लागि अध्ययन गर्ने विषयको छनौट कसरी गर्ने ? विदेश जाने ठूलो धनराशी कसरी जोगाउने ? नेपालको शैक्षिक विकास कसरी गर्ने ? अध्ययनको लागि नेपाली युवा विदेश जाने हैन, नेपालमा अध्ययन गर्न आउने वातावरण कसरी बनाउने ? शिक्षाको माध्यमबाट नेपाललाई विश्वमा कसरी चिनाउने ? प्राविधिक विषयको अध्ययन र व्यवस्थापकीय पक्षलाई कसरी नेतृत्व गर्ने ? लगायतका विषयमा परामर्स दिइने बताइएको छ ।

सभामुख घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताउनुभयो । उहाँले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भुमिका निर्वाह हुनुपर्ने बताउनुभयो । देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताउनुभयो ।

९हिसान०का अध्यक्ष रमेश सिलवालले शैक्षिक प्रणाली सुधारका लागि सबल र सक्षम विश्वविद्यालय हुनुपर्ने बताउनुभयो । शैक्षिक मेलाको उद्घाटनमा बोल्दै उहाँले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने धारणा राख्नुभयो । विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोक्न सकिने उहाँले जनाउनुभयो ।‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उहाँले भन्नुभयो ।

तपाईको बिचार